
केही दिन यता सामाजिक सञ्जालमा कु-ट पि-ट हुँदै गरेको भाइरल भिडियोमा पि-टाइ खाने कु-ट्ने दुबै मिडियामा आएका छन् ।
उनीहरु पूर्वको दमकमा फेला परेका हुन् । पिटा-इ खानेको नाम रेविका विश्वकर्मा हो । झापाको दमकमा एक युट्युव च्यानसँगको कुराकानीमा रेविकाले आफुलाइ त्यस्तो गर्ने ति किशारीहरु सबै आफ्नो सबैभन्दा मिल्ने (वेष्ट फ्रेण्ड) भएको बताएकी छन् । रेविकाले आफुमाथि दुई साता अघि त्यस्तो घटना भएको बताइन् । आफुहरू कु-लतमा लागेका कारण त्यस्तो घट-ना भएको उनले स्विकार गरेकी हुन् ।
केही दिन देखि आफुले नखाँदा हातखुट्टाले काम नगर्ने, काम्ने हुन थालेको थियो । आफुले केही वर्ष यता ड्र-ग्स खाँदै आएको र परिवारले थाहा नपाएको उनले बताइन् । उनकै संगतका कारण अर्को साथी पनि वि-ग्रन था-लेपछि उनलाई साथीको चि-न्ता लाग्न थाल्यो । उसको पनि भविष्य वि-ग्रन्छ त्यो साथीले पनि ड्र ग्स खान थाल्यो भनेर अर्को साथीसंग कुरा गरेकी थिइन् ।
साथीको भविष्यको चि-न्ता गर्दा आफुमाथि त्यस्तो घट-ना भएको बताइन् । उनको आमा अर्कैसंग विवाह गरेर गएको र बुवामात्र आफ्नो साथमा भएको उनको भनाई छ । बुवाले आफुलाई भारतमा रहेको फुपुको घरमा लगेर राखिदिएका थिए । त्यहीं उनले चु-रोट खान सिकेकी थिइन् ।
आफुलाई यस्तो गरेको भएपनि त्यो साथीहरुको बारेमा बताउन नचाहेको बताइन् । फुपुसंग झ गडा भएपछि उनी घर छोडेर कोठामा बस्न थालेकी थिइन् । कोठामा उनीजस्तै परिवारसंग टाढीएका अरु साथी पनि संगै बस्न थालिन् । सबै एक्लिएका साथहिरु भएका कारण उनीहरु कु’लतमा फसे । अहिले भने उनले ड्र ग्स खान छोडेको बताएकी छन् ।