
प्रचलित पुरानो लोक कथाका अनुसार एकदिन भारतको महाराष्ट्रका प्रसिद्ध सन्त नामदेव आश्रममा आफ्ना शिष्यहरुलाई प्रवचन दिँदै थिए । उनी भक्ति तथा ज्ञानको महत्व सम्झाइरहेका थिए । त्यसैबेला एक चेलाले गुरुलाई सोधे कि ईश्वर हरेक ठाउँमा हुन्छन् भने किन देख्न सकिँदैन ?
यदि भगवान छन् भने उनलाई कसरी प्राप्त गर्न सकिन्छ ? सन्त नामदेवले अन्य शिष्यलाई एक लोटा पानी र थोरै नुन लिएर आउन भने ।
चेलाहरुले तुरुन्त यी दुई चिजहरु लिएर आए । आश्रममा उपस्थित अन्यले सोच्दै थिए कि पानी र नुनको यो प्रश्नसँग के सम्बन्ध रहेको छ । सन्त नामदेवले शिष्यलाई पानी र नुनलाई मिश्रित गर्न भने । चेलाले तुरुन्त गुरुको आग्रह पालना गर्दै त्यसै गरे ।
यसपछि गुरुले प्रश्न सोध्ने शिष्यलाई लोटा दिएर भने की तिमिले यस लोटामा नुन देखेका छौ ? शिष्यले भने की नुन त पानीमा घुल्यो, नुनलाई देख्न सकिँदैन । तब गुरुले त्यस शिष्यलाई त्यो पानी चाख्न भन्दै नुनको स्वाद आएको छ ? भने ।
शिष्यले पानी चाखे र स्वाद नुनीलो पाए । यसपछि गुरुले पानीलाई केही बेर उमाल्न पठाए । उम्लिँदा–उम्लिँदा सबै पानी बाफ बनेर उड्यो । सन्तले शिष्यलाई लोटामा हेर्न भन्दै केही देखेका छौ ? भनेर सोधे । चेलाले लोटामा हेर्दै भने की गुरुजी पानी त बाफ बनेर उड्यो तर यसमा नुनको कण देखिएको छ ।
त्यसपछि सन्तले भने, तिमिले पानीमा मिसिएको नुन देख्न सकेनौ तर तिमिले त्यसको अनुभव गर्न सक्यौ । ठीक यसैगरि भगवान पनि यस श्रृष्टिको कण–कणमा रहेका छन् तर उनिलाई अनुभव मात्र गर्न सकिन्छ ।जब हामी नुनीलो पानीलाई उमाल्दा सबै पानी बाफ बनेर उड्यो र हामीले नुनको कणमात्र देख्न सक्यौं ।
ठीक यसैगरि भगवानलाई प्राप्त गर्नका लागि हामीले भक्ति, ज्ञान, ध्यान र धर्म–कर्मको माध्यमबाट स्वयं आफ्नो नकरात्मक पक्षहरुलाई हटाउनुपर्छ । मनको पूर्ण शुद्धिकरण पछि भगवानलाई प्राप्त गर्न सकिन्छ ।