
काठमाडौं । रुदाँ रुदाँ आँशु नओभाएको आँखा, बूढो तथा थकित शरीर , प्रेसरको विरामी, विल्कुलै नौलो लाग्ने शहर, छोरीको सहारामा मेनपावरको बाहिर बसेर ७५ वर्षीय आमा छोरालाई नेपाल फिर्ता ल्याउने प्रयासमा छिन् । आमा बुवालाई सुख दिन्छु , छोरालाई राम्रो विधालयमा पढाउँछु, लागेको ऋण तिर्छु भनेर २०६७ सालमा कतार गएका राजकुमार निउरे कम्पनीले भने जस्तो तलव नदिएपछि ८ महिना पछि नेपाल फर्केर आए । आर्थिक अवस्था एकदमै कमजोर भएको कारणले उनले नेपालमा बसेर केहि गर्छु भनेर आँट गर्न सकेनन् । एकातिर पहिले विदेश जाँदाको ऋण अर्को तर्फ जेठो छोराको कर्तव्य, अन्तत: उनी फेरि विदेशिन बाध्य भए ।
म्याग्दी जिल्ला दरबाङ ९ स्थायी घर भएका दतिलाल निउरेका छोरा राजकुमार निउरे धेरै आशा, सपना, ईच्छा र आंकाक्ष पुरा गर्ने अझिलाषा बोकेर पुनः विदेश जानुलाई काठमाडौं आए । काठमाडौंको हात्तीगौडा स्थित गल्पm म्यानपावरलाई १ लाख २० हजार बुझाएर २०६८ साल जेठ महिनाको २९ गते उनी साउँदी अरब गए । हिड्ने बेला आमालाई अब हामीलाई दुःख हुदैन, आमालाई सु :ख सँग राख्छु भन्दै साउदी गएका निउरेलाई दु:खले कहिले छाडेन । त्यहाँ गएपछि पनि कम्पनीले भने जस्तो तलव नदिएपछि परिवारको दुःख सम्झेर धेरै पैसा कमाउने अभिलाषामा केहि साथीहरुको कुरा सुनेर अवैधानिक रुपमा काम गर्न थाले ।
दु:खीलाई भग्वानले पनि दुख मात्र दिन्छन् भनेझै अवैधानिक रुपमा काम गर्न थालेपछि उनीमाथी दुःखको पहाड नै आयो । एकदिन काम सकेर कोठा फकिर्दै थिए, बाटोमा दुई जना साथीको झगडा भइरहेको देखे, छुट्याउन जाउँ कि नजाउँ भन्दै दोधारे मन बनाएर उनी हिडे, अलि पर पुगेपछि आफ्नै नेपाली साथी रहेको पत्तो पाएर उनी छुट्याउन गए । उक्त झगडामा एक जनाको घटनास्थलमा नै ज्यान गयो भने अर्का एक जनालाई अस्पताल भर्ना गरियो । लेटाङ ३ मोरङ स्थायी घर भएका कमल वस्तीको उपचारको क्रममा २ दिनपछि निधन भयो । उनको निधनसँगै राजकुमारलाई बज्रपात आइलाग्यो । ज्यान जोगाएर अस्पतालसम्म पु¥याउने उनीमाथी नै कमललाई मारेको झुटो आरोप लाग्यो । त्यो विरानो सहरमा म निर्दोष छु भनेर रोई कराई गर्दा पनि सुनिदिने कोही पनि भएन । अन्तत: उनलाई ५ वर्ष जेल सजाय र ३० लाख क्षतिपुर्तिको माग गरेर जेल जलान गरियो ।
उक्त खबर सुनेपछि , छोरा विदेशमा कमाउन गएको छ हामीलाई सुख सँग राख्छ भनेर बसेकी आमाको प्रेशर एकाएक हाई भएर पोखराको अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आयो । १५ दिनको उपचार पछि उनी घर त गईन्् तर छोराले खायो कि खाएन, बा कुट्यो कि, त्यो विरानो ठाँउमा भोकभोकै पो मर्ने हो कि भनेर चिन्तित भईरहिन् । ५ वर्षदेखि उनकोे अवस्था यही छ ।
ऋण खोजेर छोरालाई साउदी पठाएका राजकुमारको परिवारसँग ‘ब्लड मनी’ बुझाउने जायजेथा र क्षमता छैन । साउदी अदालतले फैसला सुनाएको पनि पाँच वर्ष कटिसक्यो । उनले जेल सजाय त भोगे तर अब नेपालमा रहेका कमलको परिवारलाई ब्लड मनी’को पैसा नबुझाएसम्म उनी नेपाल आउन पाउँदैन्न । ३ वर्ष देखि दिदी पुनम केसी र भिनाजु तम बहादुर केसी भाइलाई नेपाल ल्याउन सहयोग जुटाउन लागपिरेका छन् तर पनि गरिबलाई कस्ले साथ दिन्छ र भने जस्तै ३ वर्ष काठमाडौंमा भौतारिए तर केहि गर्न सकेनन् । अहिले काठमाडौंमा रहेर छोरालाई नेपाल ल्याउन पहल गरिरहेका आमा हरिमाया निउरे र दिदी पुनमको आँखाबाट आँसुको भेल रोकिएको छैन । आमा हरिमाया छोराको खबरले विक्षिप्त बनेकी छन् । मानसिक तनावका कारण उनी बारम्बार बिरामी भइरहन्छिन् । छोरा परदेशमा नै मर्ने भयो नेपाल ल्याउनु प¥यो । सबैले सहयोग गरिदिनुहोस भनेर सहयोगको आश राख्छिन् ।
‘जेलमा नआत्तिकन बस, जसरी पनि तेरो उद्धार गर्छु’ भनेर छोरालाई सम्झाए पनि निउरे परिवार आफैँ रुनु न हाँस्नुको अवस्थामा छ । उनका भाई र परिवार घरमा आउने जोकोहीलाई दाईलार्ई मृत्युको मुखबाट बचाउन ‘ब्लड मनी’ जुटाइदिन अपिल गरिरहेका छन् भने आमा र दिदी काठमाडौंमा भौतारिरहेका छन् ।
छोरी पुनम भन्छिन, ‘आमा छोराको प्रसंग आउनासाथ बिलौना गर्न थाल्नुहुन्छ । उहाँको स्वास्थ्य अवस्था हेरेर हामीले दुख लुकाउने प्रयास गछौं तर हामीलाई साथ दिने कोही नभएकोले आमालाई नै सहयोग जुटाउन काठमाडौं ल्याएका हौं । तर पनि छोराको पीरले बिरामी पर्नुभएको छ, हामीले सम्झाउनै सकेका छैनौँ ।’ ६ महिनाको छोरा बोकेर आफ्नो भाई बचाउन सहयोग अभियानमा जुटेकी दिदीको दर्दानक कहानी पनि कम छैन । एकातिर राजकुमारलाई अहिले १७ लाख रुपैयाँ ऋण छ भने अर्को तर्फ व्लडमनी मापर्mत २० लाख कमलको परिवारलाई बुझाउनु पर्ने बाध्यता । कमलको परिवारले शुरुमा ३० लाख व्लडमनी मागेको भएता पनि राजकुमार निर्दोष रहेको थाहा पाएपछि २० लाखको माग गरेका छन् ।
राजकुमारको दिदी पुनमले भाइ बचाउन सहयोग गर्न आग्रह गरेको छिन् । ९८६७६४१३१२, ९८४७९४८२५३ (पुनम केसी) ९८४९९९२१७० योगेन्द्र न्यौपानेलाई सम्पर्क गर्न उनले सबैमा आग्रह गरेकी हुन् । साथै उनले आमा हरमाया निउेरेको सिदार्थ बैंक गोंगबु शाखामा रहेको खाता नम्बर ०१६१५५१८५६७ मा आपmुले सक्ने रकम सहयोग गर्न सम्पुर्ण नेपालीहरुलाई अनुरोध गरेको छिन् ।